भारत महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन

२०८२ माघ १५ बुधबार
दिउसो १:०१ बजे
न्यूज ब्यूरो, डेस्क

मुम्बई/बारामती। भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता अजित पवारको विमान दुर्घटनामा निधन भएको छ।

महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पवारको मृत्यु भएको हो। हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उनको निधनको पुष्टि गरेका छन्।

दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार थिए। उपमुख्यमन्त्री पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार रहेको जनाइएको छ।

पवारका निकट सहयोगी किरण गुजरका अनुसार दुर्घटनामा उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनको पूर्वसन्ध्यामा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामतीतर्फ जाँदै थिए।

दुर्घटनापछि घटनास्थलमा उद्धार टोली परिचालन गरिएको थियो भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।crying

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ माघ १५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus