जनकपुरमा पूर्व राजा ज्ञानेन्द्र साहको जानकी मन्दिरका महन्थसँग भेट, २०४७ संविधान पुनःस्थापनाको माग 

२०८२ माघ १४ मंगलबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता–कार्यकर्ता तथा समर्थकहरूले जानकी मन्दिरमा भव्य स्वागत गरेका छन्। धार्मिक यात्रामा आएको दाबी गरिए पनि मन्दिर परिसरमा राजतन्त्र र ०४७ सालको संविधान पुनःस्थापनाको पक्षमा नाराबाजी भएपछि विवाद उत्पन्न भएको छ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले पूर्वराजा शाहसँग ०४७ सालको संविधान व्युताएर पछिल्ला सबै संविधान हटाउन आग्रह गरे। सो क्रममा पूर्वराजा शाहले उनको कुरा सुनेर समर्थन जनाएजस्तो संकेत देखाएका थिए। महन्त दासले शीश महलमा दोसल्ला ओढाएर सम्मान गर्दै राजतन्त्र पुनःस्थापनाका लागि सक्रिय हुन आग्रहसमेत गरे।

धार्मिक स्थलमा राजनीतिक गतिविधि निषेध गरिएको प्रशासनिक आदेश हुँदाहुँदै प्रहरी प्रशासनकै सक्रियतामा नाराबाजी र कार्यक्रम भएको भन्दै स्थानीयले आलोचना गरेका छन्। पूर्वराजालाई ‘श्री ५ को सरकार’ लेखिएका स्वागत गेट, उच्च सुरक्षा र सर्वसाधारणमाथि लगाइएको प्रतिबन्धप्रति पनि असन्तोष व्यक्त गरिएको छ।

पूर्वराजा शाहले भने आफ्नो यात्रा विशुद्ध पारिवारिक धार्मिक रहेको स्पष्ट पारेका छन्। उनले जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरलगायत स्थानमा पूजा–अर्चना गर्दै देशमा शान्ति र समृद्धिको कामना गरेको बताएका छन्।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ माघ १४ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus