Close This

राष्ट्रिय झण्डा दुरुपयोगमाथि गृह मन्त्रालयको कडाई, उम्मेदवारहरुमाथि निगरानी 

२०८२ माघ १३ सोमबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  गृह मन्त्रालयले नेपालको राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम राख्न सबै नागरिक, संघ–संस्था तथा राजनीतिक दललाई आग्रह गरेको छ। मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन भएको गुनासो बढ्दै गएपछि यसबारे स्पष्ट चेतावनीसहित प्रेस विज्ञप्ति जारी गरेको हो।

मन्त्रालयका अनुसार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ ले राष्ट्रिय झण्डाको आकार, प्रयोग विधि, फहराउने तरिका तथा प्रयोगमा निषेध गरिएका अवस्थाहरू स्पष्ट रूपमा तोकेको छ। सो कार्यविधिअनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ।

विज्ञप्तिमा राष्ट्रिय झण्डा उल्टो राख्ने, जमिनमा राख्ने, जलाउने, च्यात्ने, फोहोर पार्ने, व्यावसायिक प्रयोजन वा विज्ञापनमा प्रयोग गर्ने, पहिरनका रूपमा कम्मरभन्दा तल प्रयोग गर्ने, जुत्ता वा अन्य वस्तुमा प्रयोग गर्ने कार्य निषेध गरिएको उल्लेख छ। साथै, झण्डाको प्रतीक वा चित्र अंकित कपडा तथा सामग्रीको प्रयोगमा पनि कडाइ गरिएको मन्त्रालयले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७२ अनुसार राजनीतिक दल वा उम्मेदवारले जुलुस, सभा, आमसभा, कोणसभा वा घरदैलो अभियानका क्रममा दुईभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने व्यवस्था रहेको पनि मन्त्रालयले स्मरण गराएको छ। निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने कानुनी प्रावधान उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ अनुसार नेपालको राष्ट्रिय झण्डाको अपमान गर्ने वा सामाजिक सद्भाव, नैतिकता र शिष्टाचार विपरीत प्रयोग गर्ने कार्य दण्डनीय अपराध मानिने व्यवस्था छ।

गृह मन्त्रालयले राष्ट्रिय झण्डा राष्ट्रको गौरव र सार्वभौमसत्ताको प्रतीक भएकाले यसको प्रयोग गर्दा उच्च सम्मान र संवेदनशीलता अपनाउन आग्रह गरेको छ। प्रचलित कानुनबमोजिम मात्र झण्डाको प्रयोग गर्न र कुनै पनि किसिमको दुरुपयोग नगर्न मन्त्रालयले सबैमा अपिल गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रास्वपा (घण्टी) की मधेश प्रदेश सँस्थापक शर्माले छाडिन पार्टी, टिकट वितरणमा बेइमानीको आरोप

  • २०८२ माघ १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण

पूरा पढ्नुहोस्

Bureau Menus