मधेश आन्दोलनको १९ बर्ष पुरा, आज बलिदानी दिवस मनाइदै
न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ। यही दिन २०६३ साल माघ ५ गते आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए। प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई प्रत्येक वर्ष ‘बलिदानी दिवस’का रूपमा मनाउँदै आएका छन्। बलिदानी दिव

२०८२ माघ ५ सोमबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ। यही दिन २०६३ साल माघ ५ गते आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए।
प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई प्रत्येक वर्ष ‘बलिदानी दिवस’का रूपमा मनाउँदै आएका छन्। बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।
२०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायत नेताहरूले अन्तरिम संविधानको प्रतिलिपि जलाएपछि आन्दोलन सुरु भएको थियो। सोही क्रममा प्रहरीले उपेन्द्र यादवलाई पक्राउ गरेपछि मधेश आन्दोलनले व्यापक रूप लिएको थियो।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो गोली लागेर शहीद भएका थिए। उनी प्रथम मधेश आन्दोलनका पहिलो शहीद हुन्। रमेश महतोको शहादतपछि मधेशका विभिन्न जिल्लामा आन्दोलन थप चर्किएको थियो।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकार तथा मधेश केन्द्रित राजनीतिक दलहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
बलिदानी दिवसमै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह समेत लहान पुग्ने भएका छन् । उनले रमेश महताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…