काठमान्डौँका मेयर बालेन्द्र शाहको राजीनामा होल्ड, आज राजीनामा नदिने मुडमा
यसैबीच, रास्वपाले उम्मेदवार टुंगो लगाउने प्रक्रिया तीव्र बनाएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि वरिष्ठ नेता बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन्। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ।

२०८२ माघ ४ आइतबार, दिउँसो ३:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा हाललाई होल्ड गरेका छन्। उनी निकट स्रोतका अनुसार आजै राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा निर्णय स्थगित गरिएको हो।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी प्रावधानका कारण उनले राजीनामा होल्ड गराएको बताइएको छ। बालेन निकट एक नेताले भने, “राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर अहिले नै भन्न मिल्दैन। अन्तिम समयसम्म होल्ड गरिनेछ। कांग्रेस अदालत गएको छ, त्यता केही निर्णय आउन सक्छ, चुनाव सर्ने वा अन्य सम्भावना पनि छ। यही अनिश्चितताका कारण अहिले राजीनामा होल्ड गरिएको हो।”
मेयर पदबाट राजीनामा नदिइ बालेन शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाने कार्यक्रम छ। उनी झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेका छन्। निर्वाचन आयोगले पर्सि ९माघ ६० उम्मेदवारी दर्ताका लागि समय तोकेको छ।
यसैबीच, रास्वपाले उम्मेदवार टुंगो लगाउने प्रक्रिया तीव्र बनाएको छ। बैठकअघि वरिष्ठ नेता बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको नेताहरूले बताएका थिए। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ। मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने तय भएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…