TikTok मा Fake ID बनाएर गालीगलौज गर्नेमाथि साईबर ब्यूरोमा मुद्दा, मलेसियाबाट डिपोर्टको तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजाल टिकटकमा फेक आईडी बनाएर गालीगलौज तथा चरित्र हत्या गर्नेमाथि साईबर ब्यूरोमा मुद्दा हालिएको छ । महोत्तरीको बलवा नगरपालिका वडा नं. १० बस्ने उज्जव झाले फेक आईडी बनाएर गालीगलौज गर्नेमाथि मुद्दा हालेका छन् । टिकटक, फेसबुक लगायत समाजिक सँजालमा अभद्रता प्रर्दशन गर्ने, अ

२०८२ पुस २४ बिहीबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजाल टिकटकमा फेक आईडी बनाएर गालीगलौज तथा चरित्र हत्या गर्नेमाथि साईबर ब्यूरोमा मुद्दा हालिएको छ । महोत्तरीको बलवा नगरपालिका वडा नं. १० बस्ने उज्जव झाले फेक आईडी बनाएर गालीगलौज गर्नेमाथि मुद्दा हालेका छन् ।
टिकटक, फेसबुक लगायत समाजिक सँजालमा अभद्रता प्रर्दशन गर्ने, अभद्र गालीगलौज गर्ने र प्रशासनले केही नगरेपछि मनोबल बढाएका अपराधिक गतिविधिका युवकहरुमाथि साईबर ब्यूरोमा मुद्दा हालिएको हो ।
झाले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सप्तरी बस्ने एक युवक र धनुषाका एक युवकमाथि मुद्दा दर्ता गराएका छन् । सप्तरी बस्ने एक युवकले झाको हुबहु टिकटक आइडी बनाएर गालीगलौज गर्ने, अभद्रता प्रदर्शन गरेको भन्दै मुद्दा हालेका हुन् । उनलाई महोत्तरी बोलाउन जिल्ला प्रहरीले पत्र काटिसकेको जनाइएको छ ।
यस्तै, अर्का धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने राजेश साहका छोरा शिवम साह (Hard Roaster) ले समेत मलेसियाबाट टिकटक मार्र्फत अपशब्द, गालीगलौज गरेको भन्दै साईबर ब्यूरोमा मुद्दा दर्ता गरिएको छ । साह हाल मलेसियामा कार्यरत रहेकोले उनलाई इन्टरपोल मार्फत डिपोर्ट गर्ने तयारी गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…