न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि भएको दुर्व्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताहरूले आइतबार जनकपुरधाममा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरिनुका साथै भानुचोकमा नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन गरिएको थियो।
प्रदर्शनमा मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सभा सदस्य सञ्जय महतोसहित नेपाली कांग्रेस, नेविसंघ र तरुण दलका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस युवा नेता राकेश विक्रम साहले नेता निधिमाथि भएको दुर्व्यवहार निन्दनीय र अस्वीकार्य रहेको बताए। उनले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै मधेशबिना नेपाली कांग्रेसको अस्तित्व सम्भव नरहेको उल्लेख गरे।
साहले पछिल्लो समय मधेशका नेताहरूमाथि पटक–पटक दुर्व्यवहार हुँदै आएको आरोप लगाउँदै भने, “कहिले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुन्छ, कहिले विमलेन्द्र निधिजस्ता वरिष्ठ नेतामाथि दुर्व्यवहार गरिन्छ।”
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८२ पौष २३ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्


