धनुषामा काँग्रेसी फुटको मुडमा, नेता ढुँगाना उपर यस्तो आरोप !
विनय कुमार यादव | जनकपुरधाम, १० साउन । नेपाली काँग्रेस धनुषा फुटको मुडमा देखिएको छ । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले पार्टीमा फुट गर्न खोजेको आरोप समेत लगाइएको छ । साउन १५ गते नेपाली काँग्रेसले निर्धारण गरेको सरकार विरुद्धको देशव्यापी आन्दोलनको सम्बन्धमा धनुषाको धनुषाधाम नगरपालिकामा भए

२०७५ साउन १० बिहीबार, बेलुकी ६:५२ बजे२ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १० साउन । नेपाली काँग्रेस धनुषा फुटको मुडमा देखिएको छ ।
नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले पार्टीमा फुट गर्न खोजेको आरोप समेत लगाइएको छ ।
साउन १५ गते नेपाली काँग्रेसले निर्धारण गरेको सरकार विरुद्धको देशव्यापी आन्दोलनको सम्बन्धमा धनुषाको धनुषाधाम नगरपालिकामा भएको बैठकबाट फुटको गन्ध देखिएको हो ।
१५ गतेको आन्दोलनमा सहभागी जनाउन तथा कार्यकर्तालाई आन्दोलनमा उत्तार्न नेता आनन्द प्रसाद ढुँगानाले पूर्वअभ्यासको लागि धनुषाधाम नगरपालिका पुगेपछि गुट विभाजन भएको थियो ।
देउवा पक्ष र कोईराला पक्षले अलगै अलगै बैठक बसेपछि पार्टीभित्र नै फुटको मुड उब्जाइएको धनुषाधाम नगरसभापति राम सत्त साहले न्यूज ब्यूरोसँग भने ।
उनले भने, नेता आनन्द प्रसाद ढुँगाना आफूखुसि बैठक डाकेको थियो, गुटबन्दी गरेर बैठक बोलाएपछि नगरपालिकाको दुई वडा सभापति एक गुट तथा बाँकी ७ वडा सभापति अर्को गुटमा छुट्टा छुट्टै बैठक बस्यो र तनाव उत्पन्न भयो ।
नेता ढुँगाना देउवा पक्षधर भएपछि बाँकी ७ जना वडासभापतिले ढुँगानाकै कारण बैठकमा उपस्थिती जनाएनन भने अर्को ठाउँमा बैठक बोलाएर फुटको मुड दर्साएका थिए ।
धनुषाधाम नगरपालिका वडा नं. ८ धारापानीको शिवमन्दिरमा देउवा पक्षधर आनन्द प्रसाद ढुँगानाको टोली बैठक गरेको छ भने वडा नं. ८ को वडाकार्यालय नजिकै कोईराला पक्षधरले बैठक सम्पन्न गरेका छन् ।
साउन १५ गतेको देशव्यापी आन्दोलनमा सहभागी हुन विना गुटबन्दीको सिँगो काँग्रेस नै सहभागी हुनुपर्ने भएपनि नेता ढुँगानाको घमण्ड र एकलौटी निर्णयका कारण आफूहरु बैठक अलगै डाकेको नगरसभापति साहले बताए ।
नगरसभापति साह सहित वडासभापतिहरु विश्वनाथ यादव, लालेश्वर यादव, लाल बिहारी यादव, बेचु यादव, राम विलास यादव, रामभजन यादव र ईन्द्र बहादुर ढुँगेल सम्मलितको समूह एक ठाउँमा बैठक डाकेका थिए भने धारापानीको शिवमन्दिरमा वडा नं. ४ र ५ का जोग कुमार महतो सहितका समूहले ढुँगानाको समूहमा समाहित भएका थिए ।
ढुँगानाले पार्टीका जिल्ला सभापति महेश शँकर गिरी, महासमिति सदस्य ईन्द्र कुमार महतो, श्यामलाल महतो, सहित नगर प्रमुख मेयर बालेश्वर मण्डल सहितको समूहलाई उपस्थिति बनाएका थिए ।
नगरसभापति साहले नेता आनन्द प्रसाद ढुँगानाले आफूलाई वरिष्ठ एवम् पक्षधरको आधारमा आफूहरुलाई नबोलाएको आरोप लगाउँदै १५ गतेको आन्दोलनमा पार्टीगत सहभागी भएपनि ढुँगानाको कुनै पनि कुरा नमान्ने बताए ।
पार्टीका नगर कमिटिमा ढुँगानाले फुट हालेको भन्दै यसबाट पर्ने असर पार्टीमै पर्ने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…