गोलबजार नगरपालिकामा प्रतिपक्षीले मागे तथ्यांक, नदिए आन्दोलन गर्ने चेतावनी
न्यूज ब्यूरो | सिरहा, १० साउन । सिरहाको गोलबजार नगरपालिकामा सुचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सुचना सार्वजनिक गर्न माग गरेका छन् । आ.व. ०७४÷७५ को सम्पुर्ण आय–व्यय विवरण तथा आ.व. ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित सम्पूर्ण विवरणहरु उपलब्ध गराउन साउन ९ गते नगरपालिकाको कार्यालयमा ज्ञा

२०७५ साउन १० बिहीबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
सिरहा, १० साउन । सिरहाको गोलबजार नगरपालिकामा सुचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सुचना सार्वजनिक गर्न माग गरेका छन् ।
आ.व. ०७४÷७५ को सम्पुर्ण आय–व्यय विवरण तथा आ.व. ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित सम्पूर्ण विवरणहरु उपलब्ध गराउन साउन ९ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै २४ घण्टा भित्र सूचना उपलब्ध नगराइए सर्वदलिय संघर्ष समितिले चरणवद्ध आन्दोलनमा उत्रने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।
संघिय नेपालको पहिलो स्थानिय सरकारले नगरपालिकाका अन्य दललाई वेवास्ता गर्दै लोकतान्त्रिक मुल्य मान्यतालाई मान मर्दन गरेको प्रतिपक्षी दलहरुको आरोप छ ।
उनीहरुले नगर प्रमुखले सरकारी बजेटको व्यापक हिनामिना गरेको आशंका रहेकोले सुचना मागिएको जनाएका छन् । उनीहरुले २४ घण्टा भित्र सुचना उपलब्ध नगराइए आन्दोलनको वाटो खुल्ला रहेको र प्रतिपक्षीले निभाउने भुमिका आफुहरुले निभाउनेमा कुनै शंका नरहेको बताए ।
नगरपालिका भित्र विभिन्न सडक तथा अन्य योजनाहरु सम्पन्न भएको र नगरपालिकाले आर्थिक मसान्त समाप्त गरिसकेको भएपनि सुचना उपलब्ध गराउन कार्यालयबाट आनाकानी भैरहेकोमा आफुहरुले यसलाई गम्भिरता पुर्वक लिएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…