अनलाईन ठगी गर्ने जनकपुरको एक गिरोह पक्राउ, अझै पक्राउ पर्न सक्ने प्रहरीको संकेत

२०८२ पौष १६ बुधबार
बेलुकी ७:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नक्कली वालेट आइडी बनाएर अनलाइन ठगी गर्ने गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजित पत्रकार सम्मेलनमा धनुषा प्रहरीले मामा–भान्जा ट्रेडर्स आइएमइका सञ्चालकसहित ६ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ घर भई हाल धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा–भान्जा ट्रेडर्स आइएमइ सञ्चालन गर्दै आएका विशाल भुजेल रहेका छन्। उनीसँगै धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधुराम, सोही स्थानका २० वर्षीय रुपेश कुमार साह, १९ वर्षीय निक्की कुमार राम तथा जनकपुरधामको शिवचोक क्षेत्रमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल पक्राउ परेका छन्।

धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरू अधिकांश प्रतिष्ठित कलेजमा अध्ययनरत विद्यार्थी तथा सूचना प्रविधिमा दखल राख्ने व्यक्ति हुन्।

प्रहरी अनुसन्धानबाट विदेशबाट आफन्तले पठाएको रकम लिन गाउँबाट आइएमइमा आउने महिलालाई झुक्याएर उनीहरूको नागरिकता र फोटो लिने, सोही विवरण प्रयोग गरी वालेट एकाउन्ट खोल्ने र ती एकाउन्टमार्फत अनलाइन सामान बिक्रीको नाममा रकम जम्मा गराउने गरेको खुलेको छ। रकम जम्मा भएपछि भने सामान नपठाइ ठगी गर्ने गरिएको प्रहरीको भनाइ छ।

१ हजार ६ सयदेखि १० हजार रुपैयाँसम्म रकम जम्मा गराएर सामान नआएको भन्दै सर्वसाधारणबाट उजुरी परेपछि अनुसन्धान थालिएको र सोही क्रममा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तको साथबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, ४ थान ल्यापटप, एप्पल कम्पनीको १ थान आइप्याड, ठगीमा प्रयोग भएका २० थान सिम कार्ड, ५५ थान सिम कभर तथा ३ थान इन्टरनेट राउटर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।

अनुसन्धानका क्रममा विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट आइडीमार्फत हालसम्म करिब ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको र २९ जनाको वालेटमा रहेको करिब ४ लाख रुपैयाँ रोक्का गरिएको प्रहरीले जनाएको छ।

  • 0%
  • 22%
  • 11%
  • 0%
  • 0%
  • 0%

धनौजीमा जनमुखी योजनाहरु प्राथमिकतामा राखेर कार्य सँचालन हुन्छः गाउँपालिका अध्यक्ष साह

  • २०८२ पौष १६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिकाको १४औँ गाउँसभा (हिँउदे अधिवेशन) सफलतापूर्वक सम्पन्न भएको छ।  गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त अधिवेशनले चालु आर्थिक वर्षका लागि मुख्य तथा प्राथमिकतामा राखिएका योजनाहरूलाई प्रभावकारी

पूरा पढ्नुहोस्

Bureau Menus