जनकपुरको जानकी चौकी नजिकै कुख्यात हुण्डी कारोबारी पक्राउ
शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईलको संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कार्यक्षेत्रमै हुण्डी कारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।

२०८२ पुस १६ बुधबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जानकी चौकीबाट केही मिटरकै दूरीमा रहेको माछा बजार नजिकै हुण्डी कारोबारमा संलग्न एक अभियुक्तलाई मधेश प्रदेशको विशेष टोली र जिरोमाईल प्रहरी चौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने व्यक्ति महोत्तरीको एकडारा गाउँपालिका–४ निवासी ३५ बर्षीय रन्जितकुमार शाह हुन् । उनी हाल माछा बजार नजिक किरण देबि ठाकुरको घरमा डेरा गरी बस्दै आएका थिए ।
शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईलको संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही कार्यक्षेत्रमै हुण्डी कारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।
पक्राउ परेका शाहमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…