न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै स्थानीय युवाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘हामी युवा’ नामक संस्था गठन गरेका युवाले पुस २० गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्। शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनीहरूले नगरपालिकामा देखिएको बेथिति र अनियमितताबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
युवाका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र नगर विकाससँग सम्बन्धित २७ बुँदे माग यसअघि नै नगरप्रमुखसमक्ष पेश गरिएको थियो। २०८२ कात्तिक २३ गते ध्यानाकर्षण पत्र बुझाइए पनि मागहरूमा कुनै ठोस पहल नदेखिएको उनीहरूको आरोप छ।
नगरप्रमुखले मागलाई ‘हावादारी’ भन्दै गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै ‘हामी युवा’का प्रतिनिधि अरुण यादवले भने, “हाम्रा माग व्यक्तिगत स्वार्थका लागि होइनन्, नगरमा सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि हुन्।” उनले बजेट र निर्णय प्रक्रिया अपारदर्शी हुँदा शंका बढेको भन्दै अब दबाबमूलक कार्यक्रम आवश्यक भएको बताए।
युवाहरूले नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगर कार्यपालिकाका बैठकका निर्णय नियमित रूपमा सार्वजनिक गर्न, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राख्न माग गरेका छन्। साथै, प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था, शिक्षक दरबन्दी र विद्यार्थी संख्यालगायत शैक्षिक तथ्यांक सार्वजनिक गर्न तथा सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
जन्माष्टमीको राति मन्दिर जाँदै गरेकी १४ वर्षीया किशोरीमाथि दुष्कर्मको आरोप, मो. समिरसहित तीन पक्राउ
- २०८२ पौष १३ आइतबार
एजेन्सी। भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा जन्माष्टमीको राति मन्दिर जाँदै गरेकी १४ वर्षीया किशोरीलाई अपहरण गरी दुष्कर्म गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् । घटनामा सुरुमा मुख्य आरोपी समीरलाई पक्राउ गरिएको
पूरा पढ्नुहोस्


