रोहिँग्या मुसलमानको आशंकामा राजविराजबाट नौ जना भारतीय नागरिक पक्राउ
जयानाल मियाँ, वर्ष ३० का इजाजुल मियाँ, वर्ष २३ का सहाजहान मियाँ र वर्ष ३२ का राहुल मियाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

२०८२ पुस ११ शुक्रबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

राजविराज, सप्तरी। सप्तरीको राजविराज नगरपालिका–१२ स्थित बजार क्षेत्रमा हिँडडुल गरिरहेका शंकास्पद व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विहिबार राजविराज बजारमा शंकास्पद रूपमा घुमिरहेका व्यक्तिहरूको विषयमा सूचना प्राप्त भएपछि प्रहरी टोलीले सोधपुछ तथा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरू भारतको पश्चिम बंगाल राज्यका बासिन्दा रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका नौ जना व्यक्ति राजविराज नगरपालिका–१२ स्थित गरिमा इँटा उद्योग प्रा।लि।मा कामदारको रूपमा कार्यरत रहेको खुलेको छ। इँटा उद्योगका सञ्चालकसँग समन्वय गरी उनीहरूको परिचय खुल्ने कागजातसहित उपस्थित गराइएपछि ती व्यक्तिहरूलाई जिम्मा लगाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा भारत, पश्चिम बंगाल निवासी वर्ष ५२ का ललित मियाँ, वर्ष ४४ का तुफ मियाँ, वर्ष ३५ का इक्रामुल मियाँ, वर्ष ४५ का सिराजुल मियाँ, वर्ष ३२ का असरफुल मियाँ, वर्ष ४० का जयानाल मियाँ, वर्ष ३० का इजाजुल मियाँ, वर्ष २३ का सहाजहान मियाँ र वर्ष ३२ का राहुल मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…