रोहिँग्या मुसलमानको आशंकामा राजविराजबाट नौ जना भारतीय नागरिक पक्राउ

२०८२ पौष ११ शुक्रबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो, डेस्क

राजविराज, सप्तरी। सप्तरीको राजविराज नगरपालिका–१२ स्थित बजार क्षेत्रमा हिँडडुल गरिरहेका शंकास्पद व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहिबार राजविराज बजारमा शंकास्पद रूपमा घुमिरहेका व्यक्तिहरूको विषयमा सूचना प्राप्त भएपछि प्रहरी टोलीले सोधपुछ तथा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरू भारतको पश्चिम बंगाल राज्यका बासिन्दा रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका नौ जना व्यक्ति राजविराज नगरपालिका–१२ स्थित गरिमा इँटा उद्योग प्रा।लि।मा कामदारको रूपमा कार्यरत रहेको खुलेको छ। इँटा उद्योगका सञ्चालकसँग समन्वय गरी उनीहरूको परिचय खुल्ने कागजातसहित उपस्थित गराइएपछि ती व्यक्तिहरूलाई जिम्मा लगाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा भारत, पश्चिम बंगाल निवासी वर्ष ५२ का ललित मियाँ, वर्ष ४४ का तुफ मियाँ, वर्ष ३५ का इक्रामुल मियाँ, वर्ष ४५ का सिराजुल मियाँ, वर्ष ३२ का असरफुल मियाँ, वर्ष ४० का जयानाल मियाँ, वर्ष ३० का इजाजुल मियाँ, वर्ष २३ का सहाजहान मियाँ र वर्ष ३२ का राहुल मियाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८२ पौष ११ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus