चिसो बढेपछि सप्तरी बोदेबरसाइनका स्कूलहरु पाँच दिनको लागि बन्द
प्राथमिकताका रूपमा राख्दै, अत्यधिक चिसोले पढाइमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

२०८२ पुस ९ बुधबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय पुस ९ गतेदेखि १३ गतेसम्म बन्द हुने भएका छन्।
नगर कार्यपालिकाले जारी गरेको सूचना अनुसार, तराई क्षेत्रमा पछिल्ला दिनहरूमा बढेको अत्यधिक चिसो ९सिलत० र मौसमी कठिनाइका कारण बालबालिकाहरूलाई विद्यालय आउन जान असहज हुने भएकाले यस्तो निर्णय गरिएको हो।
मेयर आतेश कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ। सूचना अनुसार बालबालिकाको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकताका रूपमा राख्दै, अत्यधिक चिसोले पढाइमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
नगरपालिकाले यस अवधिमा बालबालिकालाई अत्यधिक चिसोमा घर बाहिर ननिस्कन र सुरक्षित रहन प्रेरित गर्न पनि आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…