काठमान्डौँ एयरपोर्टबाट गाँजासहित एकजना पक्राउ
यसैगरी नागार्जुन नगरपालिका–२ ठूलो भ¥याङ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

२०८२ पुस ७ सोमबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।
सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी नागार्जुन नगरपालिका–२ ठूलो भ¥याङ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…