महोत्तरीमा सुचनाको हक प्रयोग गर्दै प्रतिपक्षीले मांगे तथ्यांक, नदिए संघर्ष गर्ने
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१० साउन । एकडारा गाउपालिकामा सुचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सुचना मांग गरेका छन । आ.व. ०७४।७५ को सम्पुर्ण आय व्यय विवरण तथा आ.व. ०७५/७६ को छनौट गरिको योजनाहरु उपलब्ध गराउन साउन ६ गते आईतवार नै आवेदन दर्ता गराइएकोमा बुधवार पुनः गाउपालिकाको कार्यालयमा ज्ञापनप

२०७५ साउन १० बिहीबार, बिहान १०:४६ बजे२ मिनेट पढाइ
बाबु प्रेम यदुवन्शी |
महोत्तरी,१० साउन । एकडारा गाउपालिकामा सुचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सुचना मांग गरेका छन ।
आ.व. ०७४।७५ को सम्पुर्ण आय व्यय विवरण तथा आ.व. ०७५/७६ को छनौट गरिको योजनाहरु उपलब्ध गराउन साउन ६ गते आईतवार नै आवेदन दर्ता गराइएकोमा बुधवार पुनः गाउपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउदै ४ दिन भित्र सुचना उपलब्ध नगराइए संघर्ष गर्ने बताएका छन ।
प्रतिपक्षी दलहरुले पत्रकार सम्मेलन गरि ज्ञापनपत्र र सुचनाको हक सम्बन्धि आवेदन दिएको जानकारी गराएका छन ।
संघिय नेपालको पहिलो स्थानिय सरकारले गाउपालिकाका अन्य दललाई वेवास्ता गर्दै लोकतान्त्रिक मुल्य मान्यतालाई मान मर्दन गरेको ठहर गरेको प्रतिपक्षी दलहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले गाउपालिका प्रमुखले सरकारी बजेटको व्यापक हिनामिना गरेको आशंका रहेकोले सुचना मांगेको प्रतिपक्षी दलका संयोजक नेपाली काँग्रेसका विरजु महतोले संचारकर्मीहरुलाई बताए ।
उनले चारदिन भित्र सुचना उपलब्ध नगराइए संघर्षको वाटो खुल्ला रहेको र प्रतिपक्षीले निभाउने भुमिका आफुहरुले निभाउनेमा कुनै शंका नरहेको बताए । 

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…