गाईको मासु काटेको आरोपमा आधा दर्जन व्यक्ति पक्राउ
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

२०८२ मंसिर १५ सोमबार, राति ८:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, चितवन । गाईको मासु काटेको आरोपमा आधा दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका वडा नं. १० बडगाउँस्थित केराबारीभित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएकाहरुको नाम प्रहरीले खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…