Close This

नेपालमा चक्रवात ‘दित्वा’को आंशिक प्रभाव, तीन दिन वर्षा–हिमपातको सम्भावना छैन

२०८२ मङ्सिर १५ आइतबार
बिहान ०९:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित भएको चक्रवात ‘दित्वा’को आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज (आइतबार) बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार देशका पूर्व तथा मध्यक्षेत्रका केही भूभागमा आंशिक बदली देखिएको छ भने अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।

महाशाखाका अनुसार चक्रवातको प्रभावका कारण कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ। तर, चक्रवातको प्रभाव आंशिक मात्र रहेकाले आगामी तीन दिनभित्र वर्षा वा हिमपातको सम्भावना न्यून देखिएको महाशाखाले स्पष्ट पारेको छ। सामान्यतया चक्रवातको प्रभाव परेपछि वर्षा हुने अपेक्षा गरिए पनि यसपटक प्रणाली कमजोर भएकाले ठूलो प्रभाव नपर्ने अनुमान गरिएको छ।

मौसम महाशाखाले जारी गरेको तीन दिने विस्तृत मौसम पूर्वानुमान यस प्रकार छः

मंसिर १४ गते (आइतबार)

दिउँसो : देशभर आंशिक बदली रहने।
राति : देशभर आंशिक बदली नै रहने।

मंसिर १५ गते (सोमबार)

दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली, बाँकी प्रदेशमा मौसम सफा रहने।
राति : कोसी र मधेस प्रदेशमा आंशिक बदली, अन्य भूभागमा मौसम सफा रहने।

मंसिर १६ गते (मंगलबार)

दिउँसो : देशभर मौसम मुख्यतया सफा रहने।
राति : देशभर मौसम मुख्यतया सफा नै रहने।

महाशाखाले चिसो बढ्दै गएको समयमा बदली भइरहँदा तापक्रम केही तल झर्न सक्ने भएकाले विशेष गरी बिहान–साँझ स्वास्थ्यमा थप सावधानी अपनाउन आग्रह गरेको छ। मौसम स्थिर रहने भएकाले हवाई तथा सडक यातायातमा समेत विशेष असर नपर्ने अनुमान गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८२ मङ्सिर १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus