न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–ढल्केवर व्यापारिक मार्गअन्तर्गत लक्ष्मिनिया–महेन्द्रनगर खण्डमा अहिले तीनवटा आकाशे पुल निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा उत्तरतर्फबाट प्रवेश गर्ने मुख्य सडकमै पैदल यात्रुको सुरक्षा र सहज आवागमनलाई लक्षित गर्दै सडक डिभिजन कार्यालय, मुजेलियाले १० करोड ५० लाख रुपैयाँ लागतमा तीन स्थानमा आकाशे पुल निर्माण सुरु गराएको हो।
सडक डिभिजन कार्यालय जनकपुरधामका इञ्जिनियर उज्ज्वल झाले दिएको जानकारी अनुसार निर्माण स्थलहरूमा माटो कटान, पाइलट खन्ने तथा पिलर स्थापनाका प्रारम्भिक कामहरू गत महिनादेखि निरन्तर जारी छन्। उनका अनुसार निर्धारित समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीले जनशक्ति र मेसिनरी दुवै बढाएको छ।
धनुषा जिल्लाको अत्यधिक भीडभाड हुने स्थानहरूलाई प्राथमिकता दिँदै लक्ष्मिनिया गाउँपालिकाको लक्ष्मिनिया बजार, क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा आकाशे पुल निर्माण भइरहेको डिभिजन कार्यालयले जनाएको छ। यी क्षेत्रहरूमा पैदलयात्री तथा सवारी साधनको अत्यधिक चापका कारण बारम्बार दुर्घटनाका घटना देखिई आएको भन्दै आकाशे पुलले जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने विश्वास कार्यालयले व्यक्त गरेको छ।
तीनवटै आकाशे पुलको निर्माण लागत क्रमशः लक्ष्मिनियामा ३ करोड ४२ लाख, महिला विकास चोकमा ३ करोड ३५ लाख र सखुवा चोकमा ३ करोड ४५ लाख रहेको छ। चालु आर्थिक वर्षको असार मसान्तभित्र काम सक्ने लक्ष्य राखिएको छ।
सडक डिभिजनका अनुसार प्रत्येक पुलको उचाइ ५.६ मिटर, लम्बाइ करिब २९.४ मिटर र चौडाइ ३ मिटर रहनेछ। आकाशे पुल निर्माण सम्पन्न भएपछि सडक पार गर्न पैदलयात्रुलाई निकै सहज हुने, पूर्वाधारले सम्पूर्ण मार्गको सौन्दर्यसमेत बढाउने र सम्भावित दुर्घटनामा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८२ मङ्सिर १५ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्



