जनमत पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि धनुषाको चारै क्षेत्रबाट उम्मेदवार प्रस्ताव

२०८२ मङ्सिर २ सोमबार
रति ८:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी धनुषा जिल्लाका चारै निर्वाचन क्षेत्र १, २, ३ र ४ मा उम्मेदवार सिफारिसका लागि नेताकार्यकर्ताहरूले सर्वसम्मत रूपमा नाम प्रस्ताव गरेका छन्। 

जिल्ला संरचना अनुसार बसेको बैठकले प्रस्तावित नामहरू केन्द्रमा पठाउने तयारी अघि बढाएको जनाइएको छ। पार्टीका धनुषा इन्चार्ज सुरेन्द्र मण्डलका अनुसार सिफारिस सूचीमा थप नाम जोडिने सम्भावना रहेको र आगामी बैठकमा सिफारिस टुंगो लगाइनेछ।

क्षेत्र नं.–१ मा सुरेन्द्र मण्डल, ब्रह्मदेव महतो र देव महराको नाम सिफारिस गरिएको छ ।  क्षेत्र नं. २ मा रामपुकार यादव र जय नारायण साहको नाम प्रस्ताव गरिएको छ ।
क्षेत्र नं.–३ मा प्रसन्न झा, बैजनाथ साह र संजय ठाकुर तथा क्षेत्र नं.–४ मा जित नारायण साह, जगदीस सिंह र साबिर राईनको नाम सिफारिस गरिएको बैठकले जनाएको छ।

बैठकमा सहभागी नेताकार्यकर्ताहरूले सर्वसम्मत रूपमा प्रस्ताव गरेका यी नामहरू अन्तिम चरणको निर्णयका लागि केन्द्रमा पठाइने जनाइएको छ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

महिला एसिया कप जितेपछि भारतले मोहसिन नक्वीबाट ट्रफी लिन मानेन

  • २०८२ मङ्सिर २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कपको उपाधि जिते पनि उपाधिको ट्रफी भने एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वीबाट ग्रहण

पूरा पढ्नुहोस्

Bureau Menus