गोली हानेर मारिएका वडाध्यक्षको बुवासँग महासेठले भने,–'छोरा बचाउन सकिएन, तपाईलाई थप पीडा हुन दिन्नौँ'
शुक्रबार साँझ भोजको विषयमा भएको झगडामा गोली हानेर हत्या भएपछि एमालेका नेता महासेठ उनको घरमा पुगेर थप पीडा हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् । मृतक वडाध्यक्षको अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका नेता महासेठले उनको १०१ बर्षिय वृद्ध वुवालाई भेटेर केही बेर भावुक बने ।

२०८२ कार्तिक ३० आइतबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गोली हानेर हत्या भएका धनुषा मिथिलाबिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव एवम् पूर्व मन्त्री रघुवीर महासेठले गोली हानेर मारिएका वडाध्यक्षको परिवारलाई भेटेका छन् ।
शुक्रबार साँझ भोजको विषयमा भएको झगडामा गोली हानेर हत्या भएपछि एमालेका नेता महासेठ उनको घरमा पुगेर थप पीडा हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् । मृतक वडाध्यक्षको अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका नेता महासेठले उनको १०१ बर्षिय वृद्ध वुवालाई भेटेर केही बेर भावुक बने ।
उनले भने,–“तपाईको छोरा बिन्देश्वरलाई त हामी बचाउन सकेनौ, उहाँलाई फिर्ता ल्याइदिन सक्दिन्न, तर तपाईलाई छोरा जस्तै राख्नेछौँ । तपाईलाई दुःख परेको छ, अब तपाईलाई थप पीडा हुन दिने छैनौँ ।”
महासेठले उनकी वडाध्यक्ष यादवकी श्रीमति (फरक क्षमता, आँखा नदेख्ने) श्रीमतिलाई धेरै बेरसम्म सान्त्वना दिए । वडाध्यक्षको अन्तिम क्रियाकर्मसम्म आफू यही रहने भन्दै कुनै पीडा हुन नदिने बताए ।
वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षिय शम्भु कुमार यादव, ३० वर्षिय धर्मनाथ यादव,२८ वर्षिय पप्पू यादव र २८ वर्षकै मनोज कुमार यादव रहेका छन् । उनीहरू सोही वडाका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…