मधेस सरकारबाट ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति
सेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक

२०७५ साउन ८ मंगलबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ साउन । प्रदेश नं. २ को मन्त्री परिषदले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले ती विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो ।
मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, गाँउसभा र नगर सभाको कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक, प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश फ्रिक्वेन्सी मोडुलेशन (एफएम रेडियो) र टेलिभिजन संचालन र नियमन सम्बन्धि विधेयक र लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५ को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
मन्त्री परिषदको सैद्धान्तिक सहमति प्रदान गरेपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरि प्रक्रियामा लाने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…