जेलमै रहेका JDU का बाहुबली नेता अनन्त सिँह उर्फ 'छोटे सरकार' २९ हजार बढी मतले विजयी
न्यूज ब्यूरो । निर्वाचनअघि धेरै विवादमा रहेको मोकामा निर्वाचन क्षेत्रबाट JDU बाहुबली अनन्त सिंह विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी वीणा देवीलाई पराजित गरेका छन्। वीणा देवी पूर्व सांसद तथा बाहुबली सुरजभान सिंहकी पत्नी हुन्। आरजेडीबाट उनलाई टिकट दिइएको थियो। यो क्षेत्रमा २५ चरणमा मतगणना सम

२०८२ कार्तिक २८ शुक्रबार, दिउँसो ३:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो । निर्वाचनअघि धेरै विवादमा रहेको मोकामा निर्वाचन क्षेत्रबाट JDU बाहुबली अनन्त सिंह विजयी भएका छन्।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी वीणा देवीलाई पराजित गरेका छन्। वीणा देवी पूर्व सांसद तथा बाहुबली सुरजभान सिंहकी पत्नी हुन्। आरजेडीबाट उनलाई टिकट दिइएको थियो। यो क्षेत्रमा २५ चरणमा मतगणना सम्पन्न भयो। अनन्त सिंह २९,७१० मतले विजयी भए।
मोकामाबाट अनन्त सिंहको छैटौँ जित
अनन्त सिंहले मोकामा क्षेत्रबाट जितको नयाँ रेकर्ड बनाइरहेका छन्। उनको यो छैटौँ विजय हो। यसपालि मोकामा क्षेत्र निकै चर्चामा रह्यो, किनकि यहाँ त्रिकोणात्मक प्रतिस्पर्धाको सम्भावना देखिएको थियो। लगातार पाँच पटक विधायक भइसकेका अनन्त सिंहको प्रतिस्पर्धा आरजेडीकै बाहुबली सुरजभान सिंहकी पत्नी वीणा देवी र जन सुराज पार्टीका पीयूष प्रियदर्शीसँग थियो।
…र जेल गए अनन्त सिंह
पीयूष जातीय समीकरणमा धानुक समुदायबाट आएका हुन् र आफ्नो समुदायका भोट एकताबद्ध गर्न उनले ठूलो प्रयास गरेका थिए। तर चुनाव प्रचारका क्रममा पीयूष र अनन्त सिंहको काफिला आमनेसामने हुँदा विवाद उत्पन्न भयो। दुवै पक्षबीच हाताहात, ढुंगा प्रहार तथा गोली काण्डसम्म भयो। यस घटनामा जन सुराजका समर्थक दुलारचन्द्र यादवको मृत्यु भयो। यस घटनाका आधारमा दर्ता गरिएको एफआईआरपछि अनन्त सिंहलाई न्यायिक हिरासतमा पठाइयो र हाल उनी जेलमै छन्। यद्यपि मोकामाका जनताले उनलाई फेरि जितको आशीर्वाद दिएका छन्।
मोकामा क्षेत्रमा कहिले कसले जित्यो?



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…