अपाङगता अधिकार ऐन कार्यन्वयनको लागि अपाङगहरुको जन वकालत रयाली
विनय कुमार यादव | जनकपुरधाम, ८ साउन । प्रदेश नं. २ मा प्रदेश स्तरीय नीति नियम र कानुन कार्यक्रमहरुमा अपाँगता अधिकार ऐन २०७४ कार्यन्वयनको लागि अपाँगता भएका व्यक्तिहरुले दबाबमूलक रयाली निकालेका छन् । जनकपुरधामको सँकटमोचन मन्दिरबाट सुरु भएको उक्त दबाबमूलक र्याली बाह्रविघा रँगशाला मैदानको उत्तरपट्टी रहे

२०७५ साउन ८ मंगलबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, ८ साउन । प्रदेश नं. २ मा प्रदेश स्तरीय नीति नियम र कानुन कार्यक्रमहरुमा अपाँगता अधिकार ऐन २०७४ कार्यन्वयनको लागि अपाँगता भएका व्यक्तिहरुले दबाबमूलक रयाली निकालेका छन् ।
जनकपुरधामको सँकटमोचन मन्दिरबाट सुरु भएको उक्त दबाबमूलक र्याली बाह्रविघा रँगशाला मैदानको उत्तरपट्टी रहेको खानेपानी तथा सरसफाई डिविजन कार्यालयसम्म रयाली गरेका हुन् ।

सफल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामी चाहेको भविष्य मूल नारा सहित प्रदेश स्तरमा निति, नियम र कानुन र कार्यक्रमहरुमा अपाँगता भएका व्यक्तिहरुको समावेशीकरण गराउनको लागि जन वकालत र्याली निकालिएको अपाँग समाज प्रदेश २ का अध्यक्ष किरण पासवानले जानकारी दिए ।
किरण पासवानको अध्यक्षता एवम् राष्ट्रिय अपाँग संघ संघीय कार्यालयका केन्द्रीय सदस्य सतिषचन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको जन वकालत रयालीमा विशिष्ट अतिथिको रुपमा गँगा वाग्ले, प्रदेश नं. २ का सचिव रामचन्द्र यादव, सह सचिव सुनिल यादव, समाजिक सँस्था सपोर्ट नेपाल धनुषाका कार्यक्रम सँयोजक प्रकाश ठाकुर, दलित युवा सञ्जाल धनुषाका अध्यक्ष विशेश्वर मण्डल लगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रममा विजय कुमार यादव, अपाँग समाज जनकपुर सत्रुधन लाल कर्ण, सञ्जु भगत, मनिष साह लगायतको सक्रिय उपस्थिती रहेको थियो ।
यस्तै, उनीहरुले भोली बुधबार मुख्यमन्त्री कार्यालयमा अधिकार समावेशीकरणको लागि मुख्यन्त्री मो. लालबाबू राउतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…