बिहार विधानसभा चुनावको पहिलो चरणमा मतदानः १८ जिल्ला र १२१ सिटमा प्रतिस्पर्धा
जदयूका उम्मेदवार र विवादास्पद बाहुबली नेता अनन्त सिंह मोकामा सिटबाट चुनाव लडिरहेका छन्, उनी आफ्ना प्रतिद्वन्द्वी दुलारचन्द यादवको हत्या मामिलामा जेलमा छन्। त्यस्तै, दिवंगत पूर्व सांसद मोहम्मद शहाबुद्दीनका छोरा ओसामा शहाब आरजेडीका उम्मेदवारका रूपमा रघुनाथपुरबाट प्रतिस्पर्धा गरिरहेका छन्।

२०८२ कार्तिक २० बिहीबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । छिमेकी मुलुक भारतको बिहार राज्यमा आज विधानसभा चुनावको पहिलो चरणको मतदान भइरहेको छ। यस चरणमा १८ जिल्लाका १२१ सिटका लागि मतदान भइरहेको हो।
यो राजनीतिक प्रतिस्पर्धामा धेरै ठूला नेताहरूको प्रतिष्ठा दावमा परेको छ। राजदका नेता तेजस्वी यादव राघोपुरबाट प्रतिस्पर्धा गर्दै छन् भने उनका दाजु तेजप्रताप यादव महुवाबाट चुनाव लड्दै छन्। उता बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी तारापुरबाट उम्मेदवार बनेका छन्।
यसैगरी चर्चामा रहेका अन्य सिटहरूमा अलीनगर पनि समावेश छ, जहाँ प्रसिद्ध गायिका मैथिली ठाकुरले भारतीय जनता पार्टी ९भाजपा०बाट उम्मेदवारी दिएकी छिन्। अर्का उपमुख्यमन्त्री विजय कुमार सिन्हा लखीसरायबाट लड्दै छन्।
जदयूका उम्मेदवार र विवादास्पद बाहुबली नेता अनन्त सिंह मोकामा सिटबाट चुनाव लडिरहेका छन्, उनी आफ्ना प्रतिद्वन्द्वी दुलारचन्द यादवको हत्या मामिलामा जेलमा छन्।
त्यस्तै, दिवंगत पूर्व सांसद मोहम्मद शहाबुद्दीनका छोरा ओसामा शहाब आरजेडीका उम्मेदवारका रूपमा रघुनाथपुरबाट प्रतिस्पर्धा गरिरहेका छन्।
दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुनेछ भने परिणाम १४ नोभेम्बरमा सार्वजनिक गरिनेछ।
सुरक्षाको कडा व्यवस्था गरिएको छ। चुनाव आयोगले प्रत्येक मतदान केन्द्रमा निगरानी क्यामेरा जडान गरेको छ र लाइभ वेबकास्टिङ मार्फत सम्पूर्ण मतदान प्रक्रिया अनुगमन गर्ने बताएको छ।
पहिलो चरणमा ३ करोडभन्दा बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ, जसमा १.९८ करोड पुरुष, १.७६ करोड महिला र थर्ड जेंडर मतदाता समावेश छन्।
यो चरणमा धेरै ठूला नेताहरूको राजनीतिक भविष्य निर्धारण हुने भएकोले सम्पूर्ण देशको नजर बिहारमा केन्द्रित भएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…