न्यूज ब्यूरो, जनकपुरधाम । आन्दोलनरत तीन जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत पिडारी चोकमा जाम खुलेका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
धनुषाका डिएसपी गणेशबहादुर बमका अनुसार सडक जाम हटाउन खोज्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरी टोलीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। केही स्वास्थ्यकर्मी अहिले पनि सडक किनारमा उभिएर प्रदर्शन गरिरहेका छन्।
स्वास्थ्यकर्मीहरुले बिहानैदेखि सडक अवरुद्ध गर्दै आन्दोलन गरिरहेका थिए। साँझपख सडकमा लामो सवारी जाम भएपछि प्रहरीले बल प्रयोग गरी भीड तितरबितर गरेको र सडक अवरुद्ध हटाइएको बताइएको छ।
त्रिवेणी सिन्थेटिकको साढे ४ करोड बिजली बिल बुझाउन २८ किस्ता, पहिलो किस्ता तिरेपछि जोडियो लाईन
- २०८२ कार्तिक १९ मंगलबार
न्यूज ब्यूरो, वीरगँज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता
पूरा पढ्नुहोस्






