'अब सिडिओ अफिसमा अनलाईन अनुसूचि नपठाए नागरिक दिइने छैन'

२०८२ कार्तिक १७ आइतबार
बिहान ०७:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  अनलाइन अनुसूची सिफारिस नपठाएमा जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता नदिने भएको छ । 

स्थानीय तहले अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत नागरिकता अनुसूची सिफारिस नपठाएमा आइतबारदेखि सेवा प्रवाह नगरिने प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । 

गृह मन्त्रालयले केही महिना अघि स्थानीय तहका कर्मचारीहरूलाई अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अनुसूची प्रविष्टी तालिम दिएको थियो । तर धनुषाका १८ मध्ये केही पालिकाले सो सिफारिस व्यवस्था अहिलेसम्म लागू हुन सकेको छैन । 

पालिकाहरूले नागरिकता जारी गर्ने प्रणाली प्रति गम्भिरता नदेखाएका कारण बाध्य भएर जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत पत्राचारसहितको व्यवस्था लागू गरिएको छ ।

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८२ कार्तिक १७ आइतबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus