औरही गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो

२०८२ कार्तिक १० आइतबार
बेलुकी ६:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिराहाको औरही गाउँपालिकाले गाउँपालिकामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा निरन्तरता नदिन निर्णय गरेको छ।

गाउँपालिकाले सहरी विकास तथा सामान्य प्रशासन मन्त्रालय र संघीय अर्थ मन्त्रालयको पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयका आधारमा कर्मचारीको करार सम्झौता र सेवा अवधि सकिएको कारणले अब सेवा विस्तार नगरिने जानकारी गराएको हो।

गाउँपालिकाको २०८२ असोज २६ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत देव शरण यादवले जारी गरेको सूचनामा उल्लेख छ। उक्त सूचनामा “२०८२ कार्तिक ९ गतेदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको सेवा निरन्तरता नहुने भएकोले उनीहरूले आफ्नो जिम्मेवारी बुझाई कार्यस्थल छोड्न अनुरोध गरिएको छ।”

गाउँपालिकाले सेवाबाट हटाइएका कर्मचारीले आफ्नो सम्पूर्ण जिम्मेवारी, नबुझिएका सामग्री तथा कार्यसम्बन्धी अभिलेख फिर्ता गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८२ कार्तिक १० आइतबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus