औरही गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो
गाउँपालिकाले सेवाबाट हटाइएका कर्मचारीले आफ्नो सम्पूर्ण जिम्मेवारी, नबुझिएका सामग्री तथा कार्यसम्बन्धी अभिलेख फिर्ता गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

२०८२ कार्तिक ९ आइतबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहाको औरही गाउँपालिकाले गाउँपालिकामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा निरन्तरता नदिन निर्णय गरेको छ।
गाउँपालिकाले सहरी विकास तथा सामान्य प्रशासन मन्त्रालय र संघीय अर्थ मन्त्रालयको पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयका आधारमा कर्मचारीको करार सम्झौता र सेवा अवधि सकिएको कारणले अब सेवा विस्तार नगरिने जानकारी गराएको हो।
गाउँपालिकाको २०८२ असोज २६ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत देव शरण यादवले जारी गरेको सूचनामा उल्लेख छ। उक्त सूचनामा “२०८२ कार्तिक ९ गतेदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको सेवा निरन्तरता नहुने भएकोले उनीहरूले आफ्नो जिम्मेवारी बुझाई कार्यस्थल छोड्न अनुरोध गरिएको छ।”
गाउँपालिकाले सेवाबाट हटाइएका कर्मचारीले आफ्नो सम्पूर्ण जिम्मेवारी, नबुझिएका सामग्री तथा कार्यसम्बन्धी अभिलेख फिर्ता गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…