जनमतबाट फुटेका जनस्वराज पार्टी दर्ता नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा।राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए ।

२०८२ असोज ३१ शुक्रबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले डा। सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा।राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए ।
विपक्षीका नाममा लिखित जवाफ पनि माग भएको छ भने आगामी कात्तिक १७ गतेका लागि छलफलको मिति पनि तोकिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…