
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, मधेश प्रदेश कार्यसमितिले मधेश प्रदेशका विभिन्न स्थानीय तहका कर्मचारीहरूले हालसम्म तलव भत्ता नपाएको विषयमा ध्यानाकर्षण गराएको छ।
संगठनका अध्यक्ष तुलाकृष्ण गौतम र महासचिव सुरेश कुमार रोहिताद्वारा हस्ताक्षरित विज्ञप्तिमा शहीदनगर नगरपालिका, कविलासी नगरपालिका, बिष्णुपुर नगरपालिका, देवाही गोनही नगरपालिका, सोमना गाउँपालिका, राजविराज नगरपालिका, हंसपुर नगरपालिका, शम्भुनाथ नगरपालिका, कमला नगरपालिका, लगायतका स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई हालसम्म २०८२ साल साउन महिनाको तलव र भत्ता उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “तलव भत्ता नपाउँदा कर्मचारीहरू आर्थिक सङ्कटमा परेका छन्, जसले कर्मचारीहरूको मनोबल गिराएको छ।” संगठनले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित निकायलाई तुरुन्त तलव भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।
संगठनले कर्मचारीहरूले आफ्नो कार्य सम्पादनमा निरन्तरता दिइरहेका बेला सरकारले उनीहरूको हकमा ध्यान नदिँदा कर्मचारी वर्ग निराश बनेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारले कानूनी शासनको पालना गर्दै समयमै तलव र भत्ता उपलब्ध नगराए असन्तुष्ट कर्मचारीहरूले वैकल्पिक कदम चाल्न बाध्य हुनेछन्।”
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले मधेश प्रदेश सरकारलाई समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समस्या समाधान नभए सेवाको अवरोध गर्नेसम्मका आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ असोज ३० बिहीबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्