
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार बिहान दाबी पेश गरी साँझ साढे ६ बजे मुख्यमन्त्री पदको जिम्मेवारी पाएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई नियुक्तिपत्र प्रदान गरिन्। सोनलले आज सपथ लिनेछन्।
सोनललाई जसपा नेपालको १९, जनमतको १३, माओवादीको ९, लोसपाको ८ र नेकपा (एस) का ७ सभासद् सहित ५६ जनाको समर्थन छ। सरकार गठनका लागि ५४ समर्थन आवश्यक छ।
बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री रहिसकेका थिए। आठ वर्षमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।
सोनल नेतृत्वको गठबन्धनमा जसपालाई ४, जनमतलाई ३, माओवादीलाई २, नेकपा (एस) र लोसपालाई १–१ मन्त्रालय दिने तयारी छ।
यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतीश कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए। राजीनामापछि २४ घण्टा नबित्दै सिंहले जनमत पार्टी छाडेर नयाँ जनस्वराज पार्टीमा प्रवेश गरेका छन्।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८२ असोज ३० बिहीबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्