
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सतिश कुमार सिँहले अन्तिम समयमा अन्ततः राजिनामा दिएका छन् ।
जेनजी आन्दोलनकै क्रममा समाजिक सँजालमा आफू राजिनामा दिएको बताएपनि परिस्थिति सहज बन्दै गएपछि अधिकारिक नभएको भन्दै पदमा कायम रहेका थिए । उनी राजिनामा नदिँदा नयाँ सरकारबाट बनेको थिएनन् ।
पार्टीले स्वयमँ राजीनामा गर्न भनेपनि राजीनामा नदिएका सिँहलाई अन्य दलले सपोर्ट गर्नेमा ढुक्क थिए, तर राजनीतिक समिकरण बिग्रेपछि उनलाई सबै छाडेपछि पदबाट राजीनामा दिएका हुन् ।
यस सँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए ।
जसपाका प्रदेश साँसद सिँहसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर, साँसद पदबाट निलम्बन
- २०८२ असोज २८ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह (महोत्तरी–४ (ख)) सहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका
पूरा पढ्नुहोस्