नेविसंघ धनुषाद्धारा रक्तदान, सम्पन्न, भोली अनाथ आश्रममा स्टेशनरी वितरण
न्यूज ब्यूरो | जनकपुरधाम, ५ साउन । नेपाल विद्यार्थी संघ धनुषाको आयोजनामा भएको रक्तदान कार्यक्रममा पाँच दर्जन व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान जीवनदान मूल नारा सहित विपीको ३६ औँ स्मृति दिवसको अवसरमा नेविसंघ धनुषाको अगुवाई तथा जनकपुरधाम उपमहानगरपालिकाको नगर कमिटिको आयोजनामा जनकपुरधाममा शनिबार सम्

२०७५ साउन ५ शनिबार, राति ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ५ साउन । नेपाल विद्यार्थी संघ धनुषाको आयोजनामा भएको रक्तदान कार्यक्रममा पाँच दर्जन व्यक्तिले रक्तदान गरेका छन् ।
रक्तदान जीवनदान मूल नारा सहित विपीको ३६ औँ स्मृति दिवसको अवसरमा नेविसंघ धनुषाको अगुवाई तथा जनकपुरधाम उपमहानगरपालिकाको नगर कमिटिको आयोजनामा जनकपुरधाममा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका हुन् ।
नगर कमिटीका सभापति सुमन ठाकुरको अध्यक्षता एवम् नेविसंघ धनुषाका जिल्ला अध्यक्ष सुजित मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा युवा, नेविसंघ सम्बद्ध विद्यार्थीहरु, सर्वसाधारणले समेत रक्तदान गरेका हुन् ।
विपीको ३६ औँ स्मृति दिवसमा नेविसंघ धनुषाले घोषणा गरेको तीन दिवसीय कार्यक्रम अनुरुप प्रथम दिन साउन ५ गते रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् भने आईतबार साउन ६ गते अनाथ आश्रममा फलफूल तथा स्टेशनरी वितरण गर्ने कार्यक्रम रहेको छ ।
नेविसंघको पूर्वघोषित कार्यक्रम अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…