मिथिला नगरपालिकामा तलब भत्ता माग्दै शिक्षकहरु अनिश्चितकालिन धर्नामा

२०८२ असोज २७ सोमबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको मिथिला नगरपालिकाकामा शिक्षकहरुले तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।

शिक्षकहरु मिथिला नगरपालिकाको कार्यालय परिसरमै बसेर धर्नामा बसेका छन् । शिक्षक आन्दोलन परिचालन समित मिथिलाका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने जानकारी दिए । उनका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले कुनै ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको छ । उनले भने, ‘दशैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामीहरू आर्थिक संकटमा परेका छौँ ।

संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

अभिभावक गुमाएका सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवको साहारा

  • २०८२ असोज २७ सोमबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहट जिल्लाको गरुडा नगरपालिका–५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवारको पीडामा अभियन्ता शैलैन्द्र यादव साहारा बनेका छन् ।  स्थानीय हरेसी मण्डलको असमायिक निधनपछि उनको

पूरा पढ्नुहोस्

Bureau Menus