मिथिला नगरपालिकामा तलब भत्ता माग्दै शिक्षकहरु अनिश्चितकालिन धर्नामा
संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।

२०८२ असोज २७ सोमबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाकामा शिक्षकहरुले तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
शिक्षकहरु मिथिला नगरपालिकाको कार्यालय परिसरमै बसेर धर्नामा बसेका छन् । शिक्षक आन्दोलन परिचालन समित मिथिलाका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने जानकारी दिए । उनका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले कुनै ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको छ । उनले भने, ‘दशैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामीहरू आर्थिक संकटमा परेका छौँ ।
संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…