जनकपुरमा एक किशोरीमाथि बलात्कार, साथीहरुबाट समेत बलात्कार गराएको आरोप, युवक पक्राउ 

२०८२ असोज २४ शुक्रबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक किशोरीमाथि बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जनकपुरधाम वडा नम्बर ७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई प्रहरीले किशोरीलाई बोलाएर बलात्कार तथा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव यादवका अनुसार उनलाई गत मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
पीडित किशोरीलाई अहिले सेफ हाउसमा राखिएको बताइएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दिपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफू तथा अरुसँग बला८त्कार गराएको आरोप छ। 

दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीहरुको अश्लिल भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

  • 4%
  • 0%
  • 0%
  • 0%
  • 4%
  • 38%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८२ असोज २४ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus