
न्यूज ब्यूरो, जनकपुरधाम । पोखराको लिची बगान जग्गा घोटाला काण्डमा दुईजना पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेतासमेत रहेका पूर्वमन्त्री गुप्ता र नाउपाका अध्यक्षसमेत रहेका पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै मालपोत कार्यालय, कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई समेत प्रतिवादी बनाइएको छ । खेम पुनसँग २५ लाख बिगो मागदाबी गरिएको छ भने अन्य ६ जनासँग ७८र७८ लाख रुपैयाँ बिगो माग गरिएको जनाइएको छ ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यही प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको बताइएको छ ।
अभिभावक गुमाएका सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवको साहारा
- २०८२ असोज २३ बिहीबार
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका–५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवारको पीडामा अभियन्ता शैलैन्द्र यादव साहारा बनेका छन् । स्थानीय हरेसी मण्डलको असमायिक निधनपछि उनको
पूरा पढ्नुहोस्