४ बर्षमा चार पटक एउटै सहमति, कार्यन्वयन गर्न असफल धनुषा प्रशासन ?

२०८२ असोज २० सोमबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रशासनले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठाको सम्प्रादायिक तनाव साम्य पार्न असफल देखिएको आरोप लगाइएको छ । 

विगत ४ बर्षदेखि रुपैठामा एक स्थानीय नेताले लगाएको सम्प्रादायिक झगडा अझै शान्त हुन नपाएको गुनासो जनकपुरवासीको छ । ४ बर्ष अघि सुरु भएको दुई समुदायबीचको तनाव प्रत्येक बर्ष हिन्दुहरुको पर्वमा तनाव ल्याउने गरेको अवस्थामा धनुषा प्रशासन असफल भएको टिकाटिप्पणी भएको छ । 

२०७८ सालदेखि नै रुपैठामा दुई समुदायबीच तनाव हुँदै आएको छ । सोही बर्षदेखि वर्तमान वडाध्यक्षले मुस्लिम समुदायबाट तेलिया पोखरी खाली गर्नको लागि सहमति जनाएका थिए । उनी वडाध्यक्षमा निर्वाचित भएपनि अझै तेलिया पोखरी खाली गराउन सकेका छैनन् । 

वर्तमान वडाध्यक्ष मोती (भोला) कवारीले सुरुको सहमतिमा समेत मुस्लिम समुदायको तर्फबाट तेलिया पोखरी अतिक्रमण खाली र धार्मिक झण्डा हटाउने निर्णयमा सहमति गरेका थिए । त्यतिबेला उनलाई चुनाव जित्नको लागि एक मुद्दा भएको थियो । सोही मुद्दालाई टेकेर उनले मुस्लिम समुदायको भोँटको लागि आफैँले गरेको सहमति कार्यन्वयन गरेनन् । 

जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषाको रोहबरमा चार पटकसम्म एउटै सम्झौता भएपनि कार्यन्वयन भने गराउन सकेको छैनन् । तेलिया पोखरीको अतिक्रमण र मुस्लिम समुदायले बनाएको टहरा झगडाको मुख्य जडो रहेको छ । प्रशासनले स्वयँम पनि यो सहमतिमा रोहबर बसेपनि कार्यन्वयन भने गराउन सकेको छैनन् । 

धनुषा प्रशासनले एक्सन लिए विगतमा भएको सहमति कार्यन्वयन हुन सक्ने अवस्था भएपनि प्रशासनले जानीबुझी गर्न नचाहेको, राजनीतिक दबाब भएकोे समेत आरोप समाजिक सँजाल मार्फत लगाइएको छ । 

गत महिना मात्र गणेश पूजामा आज भएको सहमति भएको थियो । दुई दिनभित्र तेलिया पोखरी अतिक्रमण खाली हुने भनिएनि महिना वितिसक्दासम्म पोखरी अतिक्रमण खाली गराउन सकेनन् । सोही झगडा पुनः दुर्गा पूजामा दोहरिएको हो । 

सोमबार भएको दुई पक्षबीचको सहमतिमा तेलिया पोखरी यथास्थितिमा रहने, कुनै पनि संरचना बनाउन नपाउने, धार्मिक सदभाव बनाउने, घटनामा संलग्नहरुलाई कारवाही गर्ने सहमति गरेको हो । यद्यपी, सहमतिमा हस्ताक्षर मात्र देखिएपनि को को उपस्थिति थिए भनेर नाम उल्लेख गरिएको छैनन् । कुनै सँस्थाको छाप समेत देखिएको छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

दुर्घटनामा परेकी सोनाबति सदालाई महेश यादवले मार्न लगाएका थिए जुक्ति, सुधार भएपछि रिपोर्टको बहाना

  • २०८२ असोज २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा दुर्घटनामा परेर अस्पतालकै सैयामा रहेकी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ बस्ने ५२ बर्षिय सोनावति देवी सदालाई अस्पतालमै मार्नको लागि प्रपँच रहेको खुलासा भएको छ ।  दुर्घटनामा परी

पूरा पढ्नुहोस्

Bureau Menus