हिन्दुवादी युवाहरुलाई पक्राउ गरेपछि विभिन्न दलका युवा नेताहरु एक हुँदै, आज जनकपुर बन्द गराउने तयारी 

२०८२ असोज २० सोमबार
बिहान ०८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र हिन्दुवादी युवा रमेश यादवलाई पक्राउ गरेपछि विभिन्न पार्टी समर्थित युवाहरु एकजुट हुन लागेका छन् । 

आईतबार बेलुकी भानुचोकमा प्रहरी प्रशासनविरुद्ध नारावाजी र विरोध गरेका हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र सोही संगठनसँग आवद्ध रमेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

बेलुकी हिन्दुवादी युवा ज्ञानेन्द्र झालाई समेत पक्राउ गरेकोमा उनलाई राती नै रिहा गरिएको हो । 

जनकपुरधाम उपमहागनगरपालिका वडा नं. २० रुपैठास्थित सुरु भएको दुई समुदायबीचको तनावपछि तेलिया पोखरी खाली गर्न हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । धनुषा प्रशासनले विभिन्न समयमा सर्व सहमति गरेर पनि निर्णय कार्यन्वयन गराउन नसकेको भन्दै प्रशासनविरुद्ध नारावाजी र विरोध जनाउँदा प्रशासनले धरपक्कड गरेको हो । 

जिल्ला प्रशासनको रोहबरमा भएको तेलिया पोखरी अतिक्रमण खालीको निर्णय कार्यन्वयन गरेको तथा मुस्लिम पक्षले पुनः सोही ठाउँमा नयाँ संरचना बनाउन थालेको भन्दै हिन्दु सम्राट नेपालसहित हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । 

यादवद्धयलाई रिहाईको माग गर्दै विभिन्न दलसँग आवद्ध रहेका युवा नेताहरु, विद्यार्थीहरु, युवा संगठनका नेताहरु जनकपुरमा एक जुट हुन थालेका छन् । प्रशासनको दमनकारी प्रवृति बढेको आरोपसहित प्रहरी प्रशासनविरुद्ध आन्दोलनसहित जनकपुर बन्द गराउने चेतावनी दिएको हो । 

हिन्दु सम्राट नेपालले आज जनकपुर बन्द गराउने समाजिक सँजाल मार्फत जानकारी दिएको हो । हिन्दुवादी युवासँग जनकपुरका विभिन्न क्लब, विभिन्न संघ संगठन, राजनीतिक दलका युवा संगठनहरु अहिले खडा भएका छन् । 

  • 80%
  • 3%
  • 0%
  • 0%
  • 0%
  • 3%

धनुषामा एक पुरुष मृत अवस्थामा फेला, अझै खुलेन पहिचान

  • २०८२ असोज २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ लबटोली गोठटोलमा एक अज्ञात पुरुष मृतावस्थामा फेला परेका छन्।  इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार आइतबार

पूरा पढ्नुहोस्

Bureau Menus