हिन्दुवादी युवाहरुलाई पक्राउ गरेपछि विभिन्न दलका युवा नेताहरु एक हुँदै, आज जनकपुर बन्द गराउने तयारी
जिल्ला प्रशासनको रोहबरमा भएको तेलिया पोखरी अतिक्रमण खालीको निर्णय कार्यन्वयन गरेको तथा मुस्लिम पक्षले पुनः सोही ठाउँमा नयाँ संरचना बनाउन थालेको भन्दै हिन्दु सम्राट नेपालसहित हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

२०८२ असोज २० सोमबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र हिन्दुवादी युवा रमेश यादवलाई पक्राउ गरेपछि विभिन्न पार्टी समर्थित युवाहरु एकजुट हुन लागेका छन् ।
आईतबार बेलुकी भानुचोकमा प्रहरी प्रशासनविरुद्ध नारावाजी र विरोध गरेका हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र सोही संगठनसँग आवद्ध रमेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलुकी हिन्दुवादी युवा ज्ञानेन्द्र झालाई समेत पक्राउ गरेकोमा उनलाई राती नै रिहा गरिएको हो ।
जनकपुरधाम उपमहागनगरपालिका वडा नं. २० रुपैठास्थित सुरु भएको दुई समुदायबीचको तनावपछि तेलिया पोखरी खाली गर्न हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । धनुषा प्रशासनले विभिन्न समयमा सर्व सहमति गरेर पनि निर्णय कार्यन्वयन गराउन नसकेको भन्दै प्रशासनविरुद्ध नारावाजी र विरोध जनाउँदा प्रशासनले धरपक्कड गरेको हो ।
जिल्ला प्रशासनको रोहबरमा भएको तेलिया पोखरी अतिक्रमण खालीको निर्णय कार्यन्वयन गरेको तथा मुस्लिम पक्षले पुनः सोही ठाउँमा नयाँ संरचना बनाउन थालेको भन्दै हिन्दु सम्राट नेपालसहित हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
यादवद्धयलाई रिहाईको माग गर्दै विभिन्न दलसँग आवद्ध रहेका युवा नेताहरु, विद्यार्थीहरु, युवा संगठनका नेताहरु जनकपुरमा एक जुट हुन थालेका छन् । प्रशासनको दमनकारी प्रवृति बढेको आरोपसहित प्रहरी प्रशासनविरुद्ध आन्दोलनसहित जनकपुर बन्द गराउने चेतावनी दिएको हो ।
हिन्दु सम्राट नेपालले आज जनकपुर बन्द गराउने समाजिक सँजाल मार्फत जानकारी दिएको हो । हिन्दुवादी युवासँग जनकपुरका विभिन्न क्लब, विभिन्न संघ संगठन, राजनीतिक दलका युवा संगठनहरु अहिले खडा भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…