
न्यूज ब्यूरो, जनकपुरधाम । देशभर भइरहेक अविरल वर्षा, बाढी, पहिरो र चट्याङका कारण जनधनमा गम्भीर क्षति पुगेको प्रति नेकपा (एमाले) धनुषाले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडित परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।
एमाले धनुषाले जारी गरेको वक्तव्यमा बाढी, पहिरो र चट्याङका कारण बेपत्ता भएकाहरुलाई अबिलम्ब खोजी तथा उद्धार कार्यमा जुट्न सम्बन्धित निकायहरुसँग जोडदार माग गरिएको छ । साथै, मौसम प्रतिकूल भए पनि प्रत्येक वडा र पालिकामा रहेका विपद् जोखिममा परेका व्यक्ति, परिवार र समुदायको उद्धार तथा राहतमा तत्काल खटिन पार्टीका सम्पूर्ण वडा कमिटी, नगर कमिटी, जनवर्गीय कमिटीका कार्यकर्ता तथा स्थानीय जनसमुदायलाई आग्रह गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “यो दुःखद घडीमा बास र गाँसको अत्यावश्यकता भएकाहरुलाई पहिचान गरी तत्काल व्यवस्थापन गर्न सबै सरोकारवालाले पहल गर्न जरुरी छ ।”
आवश्यक समन्वयका लागि नेकपा (एमाले) धनुषाका जिल्ला अध्यक्षसँग मो. नं. ९८५४०२१५७५ र जिल्ला सचिवसँग मो. नं. ९८५४०३१४७८ मा सम्पर्क गर्न सकिने जानकारी समेत वक्तव्यमा उल्लेख गरिएको छ ।
पार्टीले राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराखी मानवीय संवेदना र सहकार्यका साथ अघि बढ्न सबैलाई आह्वान गरेको छ ।
जनकपुर रुपैठाको तेलिया पोखरी जसरी पनि खाली हुनुपर्छः मेयर साह
- २०८२ असोज १९ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले रुपैठाको तेलिया पोखरी सम्झौता र सहमति बमोजिम खाली हुनुपर्ने बताएका छन् । न्यूज ब्यूरोमा मेयरले चासो नलिएको समाचार आएपछि मेयर साहले विगतमा
पूरा पढ्नुहोस्