कोशी नदीको ५६ वटै ढोका खोलिए !
इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।

२०८२ असोज १९ आइतबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ४ लाख ३२ हजार ५०० क्युसेक पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जोखिम हेरेर सबै ढोका खोलिएको बताए ।
सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ । ठूला र हेभी गाडी रोकिएको उनले जानकारी दिए ।
इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…