जनकपुर उपमहानगरभित्रको सडक फुटपाथ खाली गर्न सुरु
स्थानीयवासीले सडक सफा गर्ने कामलाई सकारात्मक रूपमा स्वागत गरेका छन् तर केही व्यापारीहरूले आफ्नो रोजगारीमा असर पर्ने भन्दै असन्तुष्टि जनाएका छन्। नगरपालिका पक्षले भने प्रभावितलाई वैकल्पिक व्यवस्थाबारे छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।

२०८२ असोज १८ शनिबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सडक र फुटपाथ अतिक्रमणमुक्त बनाउन अभियान सुरु गरेको छ। विहिबार बिहानदेखि उपमहानगरपालिकाले शिवचोक क्षेत्र आसपासका भागमा राखिएका अवैध ठेला, पसल र अतिक्रमित संरचना हटाउन थालिएको हो।
नगर प्रमुख मनोज साहका अनुसार, लामो समयदेखि फुटपाथमा अवैध संरचना तथा पसलहरू राखिँदा पैदल यात्रुहरूलाई हिँड्न असुविधा हुने र सडकमा सवारी जाम बढ्ने समस्या थियो। यही समस्या समाधान गर्न नगरपालिका टोली, प्रहरीको सहयोगमा संरचना हटाउने कार्य अघि बढाइएको हो।
उपमहानगरले चेतावनीसहित अघिल्ला दिनमा व्यापारीहरूलाई स्वयं फुटपाथ खाली गर्न आग्रह गरेको थियो। तर, अधिकांशले अतिक्रमण नहटाएपछि नगरपालिकाले बल प्रयोग गरेर संरचना हटाउन थालेको हो।
पत्रकार ध्रुव झाले सो अभियानलाई बल दिएपछि उपमहानगरले फुटपाथ खाली गराउने अभियानलाई तिव्रता दिएको हो । शुक्रबार मात्रै दर्जनौ ठेला, पसलहरु फुटपाथबाट हटाएको हो ।
स्थानीयवासीले सडक सफा गर्ने कामलाई सकारात्मक रूपमा स्वागत गरेका छन् तर केही व्यापारीहरूले आफ्नो रोजगारीमा असर पर्ने भन्दै असन्तुष्टि जनाएका छन्। नगरपालिका पक्षले भने प्रभावितलाई वैकल्पिक व्यवस्थाबारे छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…