रावण उडाउन लगाएको बम पडकेर पाँच जना घाईते, एकको अवस्था गम्भिर !

२०८२ असोज १७ शुक्रबार
बिहान ०८:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । प्रत्येक बर्ष विजयादशमीको अवसरमा मनाइने रावण दहनको क्रममा बम पडकिएर पाँच जना घाईते भएका छ । यो घटना महोत्तरीको सदरमुकाम जलेश्वरको हो । 

सदरमुकाम जलेश्वरमा भएको रावण दहनको क्रममा रावणमा लागेको बम पड्केर पाँचजना घाइते भएका छन् । घाइते हुनेहरुमा  जलेश्वर नगरपालिका ८ बस्ने अन्दाजी वर्ष ४३ का पवन पाठक,जलेश्वर कै वड़ा नं ४ मसूरपट्टी बस्ने वर्ष ९ का आनन्द पाठक,जलेश्वर ३ खैरा बस्ने  वर्ष १४ का आलम राइन,जलेश्वर २ बस्ने  वर्ष २० का सुरज भण्डारी र वड़ा नं १ बस्ने  वर्ष २२ का मनीष चौधरी छन् । घाइतेहरूको टाउको,आँखा र गालामा काटिएको हो । 

प्रादेशिक अस्पतालमा उपचारपछि अधिकांश घाइते घर फर्के पनि ९ वर्षीय आनन्द पाठकको आँखा मुनि गम्भीर चोट रहेकोमा उनलाइ आँखा विशेषज्ञसँग थप उपचार गराउन जनकपुर रिफर गरिएको छ । 

दुर्गा पूजा समिति शंकर चौकका अनुसार पछिल्ला केहि वर्षदेखी रावण दहन गर्दै आएकोमा यस पटक  थप दुई गरि तीन पुतला दहन गरेको हो । रावणको पुतला नजिक भएर उनीहरु त्यसबाट निस्केको कुनै कड़ा वस्तुले लागेर उनीहरु घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक जानकारी छ ।

  • 0%
  • 20%
  • 0%
  • 0%
  • 80%
  • 0%

जलेको जनकपुरधाम उपमहानगर र भन्सार कार्यालयको नेतृ जुलीमहतोसहित केन्द्रीय नेताहरुले गरे नीरिक्षण

  • २०८२ असोज १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा जलाइएका जनकपुरधाम उपमहानगरपालिका र भन्सार कार्यालय जनकपुरमा एमाले नेतृ जुली महतो (महासेठ) सहित विभिन्न दलका नेताहरुले नीरिक्षण गरेका छन् ।  आईतबार नेपाली काँग्रेसका उपसभापति

पूरा पढ्नुहोस्

Bureau Menus