सिरहाको औरही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भए यादव 

२०८२ असोज १२ आइतबार
बेलुकी ६:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा देवशरण यादवले कार्यभार सम्हालेका छन् । 

आईतबार कार्यालय पुगेर उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । यसअघि समान्य प्रशासन मन्त्रालयले उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिकामा पठाएका थिए । तर, पालिकामा आन्तरिक किचलोपछि उनी अन्ततः सिरहाको औरहीमा हाजिर भएका हुन् । 

सानै उमेरमा शाखा अधिकृतमा नाम निकाल्न सफल भएका धनुषा कमला नगरपालिका वडा नं. १ मँगराहा बस्ने देवशरण यादवले यसअघि समेत प्रशासनिक क्षेत्रमा कार्य सम्पादन गरिसकेका छन् । 

आईतबार गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८२ असोज १२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus