धनुषा नगराईन नगरपालिकाका मेयर र उपमेयरलाई जेनजी युवाहरुले कार्यकक्षमै थुनेपछि...
मेयर र उपमेयर बीच विवाद हुदाँ गत वर्ष पनि विकासे रकम फ्रिज भएको थियो भने यस वर्ष पनि दशैको मुखमा कर्मचारीहरुले तलव पाउन सकेका छैनन् । स्थानीय सकार संचालन ऐन २०७४ संशोधन गर्नु पर्ने अडानमा उपमेयर छन् भने उच्च अदालतबाट उक्त समस्या समाधान भएपछि संशोधनको कुनै औचित्य नरहेको मेयरको अडान रहेको छ ।

२०८२ असोज ११ शनिबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीच जारी विवादका कारण विगत चार महिना देखि नगर सभा हुन नसकेको भन्दै मेयर विनय यादव र उपमेयर राधा देवी यादवलाई स्थानीय युवाहरूले कार्यकक्षमै थुनेका छन् ।
जनप्रतिनिधिहरु आ–आफ्नै अडानमा रहेपछि गत वर्ष पनि विकास निर्माणको काम प्रभावित भएको भन्दै सेवाग्राहीहरु असन्तुष्ट रहँदै आएका थिए । नगराईन नगरपालिकाले यस वर्ष पनि नगरसभा गर्न नसक्दा नगरका सम्पूर्ण कामकाज ठप्प छ ।
नगराईन नगरपालिकाको सेवा प्रवाहमा जनप्रतिनिधिहरु गम्भीर नभएको भन्दै जनप्रतिनिधिहरुलाई कार्यकक्षमै थुन्न परेको स्थानीय विश्वनाथ साहले बताए ।
जनप्रतिनिधिहरुले नगराईन नगरपालिकालाई बन्धक बनाएर राखेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले नगरलाई निकास दिन मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएका थिए । नगराईन नगरसभा गरेर जनताको कामकाज सहज बनाउन समेत माग गरेका छन् ।
मेयर र उपमेयर बीच विवाद हुदाँ गत वर्ष पनि विकासे रकम फ्रिज भएको थियो भने यस वर्ष पनि दशैको मुखमा कर्मचारीहरुले तलव पाउन सकेका छैनन् । स्थानीय सकार संचालन ऐन २०७४ संशोधन गर्नु पर्ने अडानमा उपमेयर छन् भने उच्च अदालतबाट उक्त समस्या समाधान भएपछि संशोधनको कुनै औचित्य नरहेको मेयरको अडान रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…