रहेनन धनौजी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष बद्री सिँह
नेपाली काँग्रेस पार्टीका इमान्दार नेतृत्वको छाप लागेका सिँहको शुक्रबार दिउँसो निधन भएको परिवारिक श्रोतले जनाएको छ । उनको आज विधिवत रुपमा पुर्खौली गाउँ धनौजीमै अन्तिम सँस्कार गरिने कार्यक्रम रहेको छ । उनको अन्तिम सँस्कारको लागि नेपाली काँग्रेसका केन्द्रीय नेताहरु आउने बुझिएको छ ।

२०८२ असोज ११ शनिबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौज गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष बद्री नारायण सिँहको निधन भएको छ ।
२०७४ सालको प्रथम स्थानीय तह चुनावमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित भएका थिए । धनौजी गाउँपालिकाको प्रथम गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भएका उनको शुक्रबार दिउँसो निधन भएको हो ।
नेपाली काँग्रेस पार्टीका इमान्दार नेतृत्वको छाप लागेका सिँहको शुक्रबार दिउँसो निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
उनको आज विधिवत रुपमा पुर्खौली गाउँ धनौजीमै अन्तिम सँस्कार गरिने कार्यक्रम रहेको छ । उनको अन्तिम सँस्कारको लागि नेपाली काँग्रेसका केन्द्रीय नेताहरु आउने बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…