मधेश सरकारबाट नेपाली काँग्रेसले लिए समर्थन फिर्ता, मुख्यमन्त्री परिवर्तनको सम्भावना
नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

२०८२ असोज ८ बुधबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।
आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।
नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।
कांग्रेसले समर्थन फिर्ता लिएसंगै मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत पाउने सम्भावना कम रहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…