जनमत पार्टीबाट कारवाहीमा परेका नेताहरुले खोले 'जनस्वराज' पार्टी
साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।

२०८२ असोज ५ आइतबार, बिहान ८:०९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूुरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट विभिन्न समयमा कारवाही भोगेका नेता कार्यकर्ताहरुले अलगै पार्टीको गठन गरेका छन् ।
जनमत पार्टीमा रहँदा पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको, नैतिक मूल्य मान्यता विपरित कार्य गरेको, गैर समाजिक कार्य गरेको आरोपमा निलम्बमा परेका नेता कार्यकर्ताहरुले जनस्वराज नामक पार्टी गठन गरेका छन् ।
शनिबार जनकपुरमा डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट जनमत पार्टीका विद्रोही नेताहरूले ‘जनस्वराज’ नामक पार्टी गठन गरेका हुन् ।
समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टी अध्यक्ष कसैलाई नबनाएको ई।दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’ पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ ।
साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।
यसरी विभिन्न विभागमा जिम्मेवारी दिएर पार्टीका गतिविधिहरू बढाइने नेता दीपक साहले बताए । अन्य नेताहरूलाई पनि यसैगरी विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले सुनाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…