संघीयता बचाउनको लागि मैले पदबाट राजीनामा दिएनः मुख्यमन्त्री सिँह
उनले पार्टीको स्पष्टीकरणलाई प्रक्रिया रहेको बताउदै संसदमा विश्वासको मत सामना गर्ने र त्यसपछि पार्टीले पनि मुख्यमन्त्री नै ठिक थियो भन्ने कुराको आभाष गर्ने दावी गरेका छन् । आफुले फेसबुकमा राजिनामा दिएपनि पछि विभिन्न दल र साथीभाइ तथा विज्ञहरुको सुझाव अनुसारनै वर्तमान कदम चालेको बताए ।

२०८२ असोज ३ शुक्रबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले स्थापित संघीयता जोगाउनको लागि आफू मुख्यमन्त्री पदबाट राजिनामा नदिएको बताएका छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले औपचारिक रुपमा आफनो राजिनामा बारे मुख खोल्दै संविधानको रक्षाका लागि राष्ट्रपति जस्तै आफूपनि राजिनामा नदिएर संघियता बचाउन संसद फेस गर्न दृढ रहेको टिप्पणी गरे ।
उनले पार्टीको स्पष्टीकरणलाई प्रक्रिया रहेको बताउदै संसदमा विश्वासको मत सामना गर्ने र त्यसपछि पार्टीले पनि मुख्यमन्त्री नै ठिक थियो भन्ने कुराको आभाष गर्ने दावी गरेका छन् । आफुले फेसबुकमा राजिनामा दिएपनि पछि विभिन्न दल र साथीभाइ तथा विज्ञहरुको सुझाव अनुसारनै वर्तमान कदम चालेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…