आगो लगाइएका पूर्वी धनुषाको बनरझुला प्रहरी चौकीमा प्रहरीहरुलाई पुनः स्वागत
स्थानीय भद्र भलादमीहरुले आफै भिडेर प्रहरी चौकीको सरसफाई गर्दै प्रहरीलाई स्वागत सम्मान गरेको हो । उनीहरुको जिन्सी समानको अभिभारा समेत स्थानीयहरुले जोडेर विस्तारै दिने प्रतिवद्धता जाहेर गरेको हो ।

२०८२ भदौ २९ आइतबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी बनरझुलामा पुनः प्रहरी कर्मचारीहरु आएपछि स्थानीयहरुले स्वागत गरेका छन् ।
जेनजी आन्दोलन उग्र भएपछि केही उच्छृँगल युवकहरुले मनसायपूर्वक प्रहरी चौकीमा आगो लगाएपछि जिन्सी समानहरु जलेर नष्ट भएको थियो ।
आन्दोलन उग्र हुन थालेपछि प्रहरीले सो स्थान छाडेर ईलाका प्रहरी कार्यालय खजुरीमा सरेका थिए । प्रहरी गएको दुई दिन नबित्दै सुरक्षाको लागि खतरा बढन थालेपछि स्थाीयहरुले हातमुख जोडेर प्रहरीलाई पुःन प्रहरीचौकीमा ल्याएको हो ।
स्थानीय भद्र भलादमीहरुले आफै भिडेर प्रहरी चौकीको सरसफाई गर्दै प्रहरीलाई स्वागत सम्मान गरेको हो । उनीहरुको जिन्सी समानको अभिभारा समेत स्थानीयहरुले जोडेर विस्तारै दिने प्रतिवद्धता जाहेर गरेको हो ।
प्रहरीचौकीबाट प्रहरीहरु गएपछि सुरक्षाको लागि स्थानीयहरुमा त्रास थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…