भोलीदेखि सिडिओ कार्यालय धनुषाको कामकाज सुचारु हुने, पासपोर्ट र परिचयपत्रको कार्य अनिश्चितकालिन बन्द
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू सहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन्।

२०८२ भदौ २८ शनिबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले भोलीदेखि सेवा सुचारु गर्ने सूचना निकालेको छ । देशमा भएको जेनजेडको आन्दोलनपछि बनेको माहौलमा ठप्प रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले भोली आईतबारदेखि सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवाहरू र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाबाहेक अन्य सबै सेवाहरू सुचारु हुने जनाइएको छ। यी कार्यहरु बाहेकका मधेशी प्रमाणित, प्रतिलिपी, सिफारिसका कार्यहरु सुचारु हुने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू सहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन्।
दाहालले राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरू तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालको लागि बन्द रहने पनि जानकारी गराएका छन्।
मंगलबार जेन–जीको प्रदर्शनको क्रममा विभिन्न कार्यालयहरू एवं नेताको घरमा आगजनी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयमा समेत तोडफोड एव आगजनी भएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…